काठमाडौँ । सरकारले आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै ‘निर्वाचन प्रहरी’ को भर्ना खुलाएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरीको भर्ना खुलाएको हो ।
निर्वाचन प्रहरीको आवेदन दिनको लागि उमेर हद कायम गरिएको छ । जसमा १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ अर्थात् जन्म मिति २०२८/१०/०१ गतेदेखि २०६४/१०/०१ गतेसम्म) का व्यक्तिले आवेदन दिन सक्नेछन् ।
यस्तै नेपाली नागरिक हुनुपर्ने,साधारण लेखपढ गर्न जान्ने,नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको,भर्ना हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नभएको,शारीरिक तथा मानसिक रूपमा स्वस्थ,आतङ्ककारी वा विध्वंसात्मक सङ्गठनको सदस्य नभएको व्यक्ति योग्य ठानिने छ । शारीरिक मापदण्डको कुरा गर्ने हो भने पुरुषको हकमा उचाइ: ५ फिटछाती ३१–३३ इन्च,तौल ५० के.जी. र महिलाको हकमा उचाइ: ४ फिट १० इन्च,तौल ४२ के.जी.,गर्भवती नभएको/नरहेको व्यक्तिले आवेदन दिन पाउनेछन् ।
यी हुन प्राथमिकता पाउने मुख्य आधार ?
निर्वाचन प्रहरीको लागि पूर्व सुरक्षाकर्मी,नेपाली सेना,नेपाल प्रहरी सशस्त्र प्रहरी बल, पूर्व वन रक्षक, पहिले प्रहरी÷सेनामा भर्ना प्रक्रियामा सहभागी भइसकेका, म्यादी प्रहरीको रूपमा भर्ना भई सन्तोषजनक काम गरेको व्यक्ति, विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवाबाट निवृत्त नेपाली नागरिक जस्ता व्यक्ति निर्वाचन प्रहरी छनोटमा प्राथमिकतामा पर्न सक्ने जनाएको छ ।
आवेदन पुष २५ गतेदेखि माघ १ गते सम्म
निर्वाचनको शान्ति सुरक्षा, मतपेटिका ओसारपसार, मतदान केन्द्रको सुरक्षा तथा समग्र चुनावी व्यवस्थापनका लागि उनीहरू परिचालन गरिनेछ । निर्वाचन प्रहरीको आवेदन पुष २५ गतेदेखि माघ १ गते सम्म रहेको छ ।
