पोखरा । क्रिकेटका दीपेन्द्रसिंह ऐरी र करातेकी एरिका गुरुङ वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार पोखरामा आयोजना गरेको २२औं पल्सर स्पोर्ट्स अवार्ड २०८१ मा पुरुषतर्फ दीपेन्द्र र महिलातर्फ एरिका वर्ष उत्कृष्ट खेलाडी घोषित भए ।
खो-खो विश्वकपमा दुई ऐतिहासिक रजत पदक दिलाउने नेपालको महिला र पुरुष टिमलाई ‘टिम अफ दि इयर’ अवार्ड प्रदान गर्दा पिपल्स च्वाइस अवार्ड भलिबलका हिमाल सुनारी र उत्कृष्ट युवा खेलाडीको अवार्ड नेपाली महिला क्रिकेट टिमकी उपकप्तान पूजा महतोले हात पारे ।
पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई उत्कृष्ट प्रशिक्षकको अवार्ड पाउँदा एथ्लेटिक्सकी प्रभा आङदेम्बेले उत्कृष्ट पारा एथ्लेटको अवार्ड पाइन् ।पूर्व खेलाडी खड्ग रानाभाटलाई लाइफटाइम एचिभमेन्ट अवार्ड र पलेशा गोवर्धनलाई विशेष अवार्ड ‘ट्रेलब्लेजर अफ दि इयर’ प्रदान गरियो ।