काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी नेतृत्वका लागि दीपकराज भुसाल र लक्ष्मण पौडेल ‘एन्ड्र्यू’बीच प्रतिस्पर्धा हुने पक्का भएको छ ।
इक्यानको केन्द्रिय निर्वाचन समितिले प्रकाशन गरेको उम्मेद्वारहरुको प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदमा भुसाल र पौडेलबीच प्रतिस्पर्धा हुने भएको हो ।
यसअघि अध्यक्ष पदमा दावेदारी गरेकी गीता शिवाकोटी (गिताञ्जली)ले पौडेललाई समर्थन गर्दै आफ्नो उम्मेदवारी उपाध्यक्ष पदमा दर्ता गराएकी छन्। ३ जनाको कोटा रहेको उपाध्यक्षमा ७ जनाको उम्मेदवारी परेको छ ।
उपाध्यक्षमा शिवाकोटी सहित विकल्प राज पोखरेल,पुष्पराज भट्टराई,फिलिप कुमार डाँगी क्षेत्री,
बासुदेब दाहाल,मन्जित ढकाल र रत्न वहादुर भट्टराईको उम्मेदवारी परेको छ ।
महासचिव पदमा नवराज केसी (खत्री) र भवनाथ हुमागाई चुनावी मैदानमा उत्रिएका छन् ।
यस्तै सचिव पदमा २ जनाको लागि ४ जनाको उम्मेदवारी परेको छ। जसमा आशिक कार्की,भुपाल के सी,लाल बहादुर तामाङ्ग र सुरज सिलवालले उम्मेदवारी दर्ता गरेका हुन् ।
कोषाध्यक्षमा उमा खड्का पाठक र साधना पुडासैनी भिड्नेछन् भने सह-कोषाध्यक्षमा गोविन्द खनाल र भिम वहादुर थापाको उम्मेदवारी परेको छ ।
९ जना कार्यसमिति सदस्यको लागि १४ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।जसमा अनन्तराज घिमिरे, अशोक कुमार हाथी,उद्धव बन,कमल प्रसाद तिमल्सिना,दामोदर शर्मा,दिनेश पौडेल,नवराज नेपाल,प्रकाश रिजाल, प्रभात पौडेल,बसन्त पाण्डे,भेषराज राय (भिष्म),विवेक बस्नेत, शिव प्रसाद अर्याल र सन्जिब पाण्डेको उम्मेदवारी छ ।
यही पुस २८ गते काठमाडौंमा आयोजना हुने इक्यानको २०औँ वार्षिक साधारण सभा तथा अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ ।