काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार ५ सय रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ। सोमबार सुन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। मंगलबार चाँदी प्रतितोला १ सय रुपैयाँले महँगिएर ४ हजार ७ सय ९० रुपैयाँ पुगेको महासंघले जनाएको छ। सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय ९० रुपैयाँ रहेको थियो।