काठमाडौं । रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा आएको विनाशकारी बाढी–पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले १५ लाख १ हजार रुपैयाँ सहयोग गर्ने भएको छ।
इक्यानले ‘इक्यान फर नेसन’ अभियानअन्तर्गत केन्द्रीय कोषबाट १० लाख १ हजार रुपैयाँ र केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको व्यक्तिगत योगदानबाट ५ लाख रुपैयाँ जुटाएर सहयोग गर्न लागेको हो। संघले विपत्तिको यस दुःखद् घडीमा प्रभावित परिवारलाई सहयोग गर्न आफ्ना सदस्य संस्था, शैक्षिक संस्था तथा वैदेशिक साझेदारहरूलाई समेत आ–आफ्नो तर्फबाट सहयोग गर्न अपिल गरेको छ। संकटको समयमा सानो सहयोगले पनि ठूलो अर्थ राख्ने भन्दै इक्यानले बेपत्ता नागरिकको सकुशल उद्धार तथा प्रभावितको शीघ्र पुनःस्थापनाको कामना गरेको छ।