काठमाडौं । नयाँ वर्ष २०२६ को अवसरमा नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को आगामी निर्वाचनलाई लक्षित गर्दै गोविन्द खनालले सह-कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्। उनले अध्यक्ष पदका उम्मेदवार दिपक राज भुसालको नेतृत्वमा रहेको टिमबाट उम्मेदवारी दिएका हुन्।
खनालले दिपक राज भुसाल नेतृत्वको टिमले अघि सारेको संस्थागत सुधार, पारदर्शिता र सदस्यकेन्द्रित कार्यदिशासँग आफू पूर्ण रूपमा ऐक्यबद्ध रहेको बताएका छन्। भुसाल टिमको लक्ष्यअनुसार ईक्यानलाई उत्तरदायी, विश्वसनीय र आर्थिक रूपमा सबल संस्थाको रूपमा विकास गर्न सह-कोषाध्यक्ष पदबाट योगदान दिने उनको प्रतिबद्धता छ।
आर्थिक अनुशासन र पारदर्शितामा जोड
उम्मेदवारी घोषणा गर्दै खनालले ईक्यानको आर्थिक व्यवस्थापनलाई अझ व्यवस्थित र पारदर्शी बनाउने लक्ष्य प्रस्तुत गरेका छन्। आर्थिक अनुशासन कायम गर्दै कोष सञ्चालनमा स्पष्टता ल्याउने र सदस्यहरूको विश्वास अझ मजबुत बनाउने विषयलाई उनले आफ्नो प्राथमिकतामा राखेका छन्।
सदस्यहित केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता
सह-कोषाध्यक्ष पदको जिम्मेवारी निर्वाह गर्दा सदस्यहरूको हितलाई केन्द्रमा राखेर काम गर्ने खनालको भनाइ छ। ईक्यानको आर्थिक निर्णय र व्यवस्थापन प्रक्रियामा सदस्यहरूको हित, आवश्यकता र दीर्घकालीन सुरक्षालाई प्राथमिकतामा राख्ने उनले बताएका छन्।
विश्वास र मतका लागि अपिल
गोविन्द खनालले सह-कोषाध्यक्ष पदमा सफलतापूर्वक जिम्मेवारी निर्वाह गर्न सम्पूर्ण ईक्यान सदस्यबाट प्राप्त हुने विश्वास, साथ, सहयोग तथा अमूल्य मतलाई महत्वपूर्ण आधारका रूपमा लिएको उल्लेख गरेका छन्। नयाँ वर्ष २०२६ को अवसरमा उनले सबै सदस्यलाई शुभकामना व्यक्त गर्दै भुसाल टिमलाई समर्थन गर्न अपिल पनि गरेका छन्।