काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप पाँच देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने भएका छन् । ट्रम्पले मंगलबार बुर्किना फासो, माली, नाइजर, दक्षिण सुडान र सिरियाका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने निर्णय गरेका हुन् ।
ह्वाइट हाउसका अनुसार विस्तारित यात्रा प्रतिबन्ध जनवरी १ देखि लागू हुने रोयटर्सले लेखेको छ।साथै प्यालेस्टिनी प्राधिकरणद्वारा जारी यात्रा कागजात भएका व्यक्तिहरूमाथि पनि पूर्ण रूपमा यात्रा रोक लगाइएको छ।