चिसो बढ्दै गएपछि कैलाली-कञ्चनपुरमा हुस्सु लाग्न सुरु भएको छ । पुस १ गते देखि कैलाली कञ्चनपुरका अधिकांश क्षेत्रमा बाक्लो हुस्सु लाग्न थालेको हो। पुस महिना लागेसँगै देशभरको तापक्रम पनि घट्दो क्रममा छ।

बिहानको समयमा विभिन्न काममा निस्कने मानिसहरूले बाक्लो कपडा लगाउन थाली सकेको अवस्था छ, भने कतिपय मानिसहरू आगो ताप्न सुरु गरिसकेको अवस्था छ।विशेष गरी बिहानको समयका विद्यालय, कलेज र विभिन्न काममा संलग्न मानिसहरू जाडोयाम सुरु भएसँगै बढी प्रभावित भएका देखिन्छन्।






