काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू अमेरिकामा सोमाली आप्रवासीहरू चाहँदैनन् भन्दै उनीहरूलाई जहाँबाट आएका हुन्, त्यतै फिर्ता जाऊन्भन्ने टिप्पणी गरेका छन्। उनले सोमाली मूलका व्यक्तिहरूलाई उनको देश राम्रो छैन, यसको कारण छ भन्दै तिरस्कारपूर्ण वक्तव्य दिएका छन् । मंगलबार क्याबिनेट बैठकमा ट्रम्पले भने, म उनीहरूलाई हाम्रो देशमा चाहन्न, एकदमै स्पष्ट रूपमा यदि हामी यस्तो फोहोर लिएर देश भित्र्याइरह्यौँ भने अमेरिका गलत दिशामा जान्छ। यसैबीच अमेरिकी आप्रवासन निकाय आईस ICE ले मिनेसोटाको ठूलो सोमाली समुदायमा विशेष कारबाही गर्न तयारी गरिरहेको खबर बाहिर आएको छ। राज्यका अधिकारीहरूले यो योजनाले वैध अमेरिकी नागरिकहरूलाई समेत ‘सामोली झैँ’ देखिने भन्दै अन्यायपूर्ण रूपमा पक्राउ परिने जोखिम रहेको बताए।
सोमाली समुदाय बसेका ट्विन सिटीजमा चासो मिनियापोलिस र सेन्ट पल ट्विन सिटीज संसारमै सबैभन्दा ठूलो सोमाली बासोबास भएको क्षेत्रहरूमध्ये एक हो,र अमेरिकामै सबैभन्दा ठूलो समुदाय यहीं बस्छ। क्याबिनेट बैठकको अन्त्यमा ट्रम्पले भने म उनीहरूलाई हाम्रो देशमा चाहन्न। राजनीतिक रूपमा सही हो वा होइन, मलाई पर्वाह छैन। ट्रम्पले सोमालियालाई मुश्किलले देश भनेर चिनिने, संरचना नभएको, मानिसहरू एक–अर्कालाई मार्ने स्थान भन्दै आपत्तिजनक अभिव्यक्ति दिए। उनले सो अवसरमा मिनेसोटाबाट निर्वाचित सोमाली–अमेरिकी कांग्रेस सदस्य इल्हान ओमरमाथि पनि पुनः आक्रमण गरे। ओमरले जवाफ दिँदै सामाजिक सञ्जालमा लेखेकिछिन् उनको मप्रति भएको आसक्ति डर लाग्दो छ। उनलाई तुरुन्तै मानसिक सहायताको आवश्यकता छ।
आईसको योजना सयौँ सोमाली मूलका व्यक्तिहरू लक्षित यस्तो छकि सीबीएस न्युजलाई दिएको जानकारीअनुसार, ट्रम्प प्रशासनले ट्विन सिटीजका कागजातविहीन सोमाली आप्रवासीहरूलाई लक्षित गर्दै ठूलो कारबाही गर्ने निर्देशन दिएको छ। सयौँ व्यक्तिहरूलाई पक्राउ गर्ने तयारी भएको बताइएको छ। होमल्याण्ड सेक्युरिटी विभागले भनेको छ। आईसले मानिसलाई जाति वा मूलका आधारमा होइन, गैरकानुन रूपमा बसोबास गरेकाहरूलाई मात्र कारबाही गर्छ। तर, मिनियापोलिसका मेयर जेकब फ्रेले भनेका छन् यस प्रकारको आईस कारबाहीले निश्चित रूपमा नागरिक अधिकार र न्यायिक प्रक्रिया उल्लङ्घन गर्छ। स्थानीय नेताहरूका अनुसार मिनेसोटामा करिब ८० हजार सोमाली मूलका व्यक्तिहरू बस्छन् जसमध्ये बिहँ Majority अमेरिकी नागरिक छन्।
तत्कालीन राजनीतिक वातावरण यस्तो छ हालै वासिङ्टन डीसीमा दुई नेशनल गार्ड सदस्यमाथि भएको गोलीकाण्डपछि प्रशासनले आप्रवासन कडाइ अझै बढाएको छ। आक्रमणको आरोपी अफगानिस्तानबाट आएका व्यक्ति भएको कारण ट्रम्पले यो घटना आप्रवासन नीतिसँग जोडेर प्रस्तुत गरेका छन्। गत सातामात्र ट्रम्पले मिनेसोटामा बसोबास गर्ने सोमालीहरू लाई दिँदै आएको Temporary Protected Status समाप्त गर्ने घोषणा गरेका थिए। स्थानीय नेताहरूको विरोध गरेका थिए मिनेसोटा राज्यकी सेनेटर जैनेब मोहाम्मदले लेखेकिछिन् । आईसले जब यहाँ सोमालीहरूसँग कुरा गर्नेछ, उनीहरूले बुझ्नेछन्–हामीमध्ये प्राय सबै अमेरिकी नागरिक हौँ। मिनेसोटाका गभर्नर टिम वाल्जले भने, अपराध छुट्याएर कानुनी कारबाही गर्न सहयोग हामी स्वागत गछौँ । तर जातीय रूपमा समुदायलाई लक्षित गर्ने यस्तो गतिविधि समाधान होइन, केवल प्रचारबाजी हो।