काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालबाट हुन सक्ने ठगीबारे फेरि सचेत गराएको छ । ब्युरोले सामाजिक सञ्जालमा आकर्षक लोभ देखाएर ठगी गर्ने गिरोह सक्रिय रहेको जनाउँदै त्यसबाट बच्न अनुरोध गरेको हो ।
‘सामाजिक सञ्जाल फेसबुकका Sponserd Ads मार्फत विभिन्न चर्चित ई-कमर्स प्लेटफर्महरूको समेत नाम प्रयोग गरी त्बकप का नाममा बारम्बार रकम लगानी गर्न लगाई, घरै बसी-बसी कमाउन सकिने झुठो आश्वासन दिलाई ठगी गर्ने प्रवृत्ति बढ्दो हुँदा प्रयोगकर्ताहरूलाई यस्ता प्रलोभनमा नपर्न हुन अनुरोध गरिन्छ’, ब्युरोले सूचनामा भनेको छ । ब्युरोले यसरी सामाजिक सञ्जालबाट हुने ठगीबारे बेला–बेला सचेत गराउने गरेको छ ।
