काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जामन्त्री कुलमान घिसिङको म्यान्डेटअनुसार काम गर्न तयार रहेको बताएका छन् । मन्त्री घिसिङले जेन-जीको आन्दोलनको म्यान्डेट बमोजिम छाडेर जान दबाब दिइरहेका बेला शाक्य अहिलेसम्मको अवस्थामा राजीनामा दिएर नजाने पक्षमा देखिएका छन् ।
शाक्यले बरू ऊर्जामन्त्री घिसिङले पहिलो निर्णयका रुपमा डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउने गरी जिम्मेवारी सम्हालेका थिए । ऊर्जा मन्त्रालयमा पदभार ग्रहण गरेपछि उनले पहिलो निर्णय नै डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम उठाउने निर्णय गरेका थिए ।
अब शाक्यले पनि मन्त्री घिसिङको निर्णयअनुसार डेडिकेटेड ट्रंक लाइनको अर्बौं बाँकी विद्युत वक्यौता उठाउन प्राधिकरणको बोर्ड बैठक डाक्न लागेका छन् । घिसिङको निर्णयअनुसार शाक्य बोर्ड बैठक डाक्ने तयारीमा रहेका छन् । उनले बोर्ड बैठक डाकेर वक्यौता उठाउने मन्त्रीको निर्णयलाई कार्यान्वयनमा लैजाने बताएका छन् ।
केही दिनमै बोर्ड बैठक बसेर वक्यौता उठाउन आवश्यक कदम चालिने बताए । शाक्यले सरकारको निर्णय मानेर जाने बताएका छन् ।