काठमाडौं । नेपाल टेलिकमको कलर रिङ ब्याक टोन (सीआरबीटी) सेवामा प्राविधिक समस्या आएकाले हाल उक्त सेवा अवरुद्ध भएको छ।टेलिकमले एक प्रेस नोट जारी गर्दै अर्को सूचना नआएसम्मका लागि सेवा बन्द रहने जानकारी गराएको हो ।टेलिकमले यथाशीघ्र समस्या समाधानको प्रयास भइरहेको र यसबाट ग्राहकमा पर्न गएको असुविधाप्रति क्षमासमेत मागेको छ ।
