काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का केन्द्रीय महासचिव राजु सिटौलाको कविता संग्रह ‘ईश्वरका फूलहरू’को विमोचन गरिएको छ ।
शुक्रबार काठमाडौंमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले आयोजना गरेको कार्यक्रममा सिटौलाको कविता संग्रह ‘ईश्वरका फूलहरू’को विमोचन गरिएको हो ।
विमोचन कार्यक्रममा प्राध्यापक डा. कृष्णहरि बराल, प्राध्यापक डा. खगेन्द्र लुइँटेल, डा. नवराज लम्साल, राधेश्याम लेकालीले ईश्वरको फूलहरूको समीक्षात्मक टिप्पणी गरेका थिए । सो क्रममा उनीहरूले नेपाली भाषा साहित्यलाई अन्तर्राष्ट्रिय रूपमा परिचित गराउन लागि परेका अनेसासका सबै केन्द्रीय महासमितिका पदाधिकारीहरुको योगदानको प्रशंसा गरे ।
नुवाकोटमा जन्मिएका कवि राजु सिटौला अन्तर्राष्ट्रिय नेपाली साहित्यका केन्द्रीय महासचिव हुन् । उनी अमेरिकामा बसेर नेपाली भाषा, साहित्य र संगठनमा लामो समयदेखि कार्यरत छन् ।