काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) जापानको अध्यक्षमा सुभाष लामिछाने निर्वाचित भएका छन् ।
लामिछानेले ७ हजार १ सय ५२ मत प्राप्त गरी विजयी भए भने प्रतिद्वन्दी सिद्धार्थ श्रेष्ठले ५ हजार १ सय ९३ मत पाए । सन् २०२५-२०२७ कार्यकालका लागि अमेरिकी कम्पनी भोताजको सिस्टममार्फत् मतदान भर्चुअल भोटिङ भएको थियो ।
लेखा, अनुगमन तथा अनुशासन संयोजकमा सचिन श्रेष्ठ निर्वाचित भए । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा टीकाराम खरेलले ६ हजार ४ सय १८ मत ल्याउदै निर्वाचित भए भने कृष्ण गैरे शर्माले ५ हजार ९ सय २७ मत पाए ।
त्यस्तै महिला उपाध्यक्षमा अञ्जु भण्डारी निर्विरोध निर्वाचित भईन् । क्षेत्रीय उपाध्यक्षमा बिष्णुप्रसाद सुवेदीले ६ हजार ९ सय ८३ मत पाएर विजयी भए भने प्रतिस्पर्धी हरिप्रसाद कॅंडेलले ५ हजार ३ सय ६२ मत पाए ।
६ जना चुनावी मैदानमा उत्रिएका खुल्ला उपाध्यक्षमा मुक्तिराम खनाल (विनोद) ८ हजार ७ सय दुई, दिलिप कॅंडेलले ६ हजार ९ सय ४९ र दीपक सुनार ६ हजार १ सय एक मत प्राप्त गरी विजयी भए ।
नारायण सुवेदी ५ हजार ९ सय २८, दीपेश खत्री (केसी), ५ हजार ७ सय ८३ र रूद्र मल्ल(मनोज) ३ हजार ५ सय ३२ मत पाए ।
महासचिवमा पदमा श्यामकुमार श्रेष्ठ (श्यामशीतल) ६ हजार ३ सय ८४ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी विश्वास गौतम (खगराज)ले ५ हजार ९ सय ६१ मत प्राप्त गरे ।
खुल्ला सचिव दुई पदमा नेत्रप्रसाद पाण्डे ८ हजार आठ मत र डिल्लीप्रसाद सापकोटा ५ हजार ८ सय ६३ मतका साथ निर्वाचित भए । विनय गुरूङले ४ हजार ४ सय ३१ विवेक बुढाथोकीले ३ हजार ३ सय ८८ मत र दिनेश लोहनी ३ हजार मत पाए । क्षेत्रीय सचिवमा सागर कार्की ८ हजार ५ सय १४ मत पाएर निर्वाचित भए भने ज्ञानेन्द्र भट्टले ३ हजार ८ सय ३० मत पाए ।
कोषाध्यक्षमा मुक्तिराज रेग्मी ५ हजार ७ सय ८६ मतका साथ निर्वाचित भए । निकटतम् प्रतिद्वन्दी कृष्णप्रसाद कृष्णप्रसाद पोखरेलले ३ हजार ५ सय ३१ मत र राकेश लामाले ३ हजार २८ मत मत प्राप्त गरे ।
खुल्ला सह-कोषाध्यक्षमा भेषनाथ गौतम(कृष्ण) र रामु कॅंडेलविच प्रतिष्पर्धा भएकोमा रामु कॅंडेल ६ हजार ७ सय दुई मत ल्याएर निर्वाचित भए भने भेषनाथ गौतम(कृष्ण)ले ५ हजार ६ सय ८३ मत पाए।
खुल्ला सह-कोषाध्यक्षमा महिला कोटामा कामना भण्डारी निर्विरोध निर्वाचित भईन् । क्षेत्रीय सह-कोषाध्यक्षमा सन्दीप जिसीले ४ हजार ४ सय ४ मतका साथ विजयी भए भने, रमेश गिरीले ४ हजार २९ मत र नासिरदिना मियाले ३ हजार ८ सय ९२ मत पाए ।
त्यस्तै युवा संयोजकमा दीपक बुर्जामगरले ४ हजार ७ सय ३३ मत प्राप्त गरी विजयी भए उनका प्रतिस्पर्धी समिर खड्काले ४ हजार ६१ र रञ्जित महर्जनले ३ हजार ५ सय ५१ मत पाए । महिला संयोजकमा मञ्जु वन महिला सदस्यमा ईश्वरी अर्याल निर्विरोध निर्वाचित भईन् ।
त्यसैगरी नौ जना सदस्यहरूमा मिलन अर्याल ६ हजार १६, कमलेश जिसी ५ हजार ३ सय ६९, नविनदीप गुरूङ ५ हजार ३ सय ६८, रमेशराज जैसी ५ हजार १ सय ३६, निराजन मल्ल ४ हजार ९ सय ५२, कृष्णप्रसाद भूसाल, ४ हजार ८ सय ५६,भीमबहादुर बुढाथोकी ४ हजार ५ सय ८१, सुरेश सापकोटा (कान्साई) ४ हजार ५ सय ७३,प्रकाश विश्वकर्मा ४ हजार ५ सय ४६ मतका साथ विजयी भए । सदस्यमा २१ जनाले उम्मेदवारी दिएकोमा शंकर सुवेदी ४ हजार ३ सय ९४, कुशल पौडेल ४ हजार ३ सय २२,खिमराज शाह ४ हजार आठ, यमलाल सापकोटा ४ हजार सात, सुरेश सापकोटा (कान्तो) ३ हजार ८ सय ३२, अनिल गिरी ३ हजार ७ सय ८५, सूर्य लामिछाने ३ हजार ६ सय २४, सुरेन्द्र गिरी ३ हजार ५ सय ४४, गोपाल काफ्ले ३ हजार ५ सय एक, अशोक भट्टराई ३ हजार ४ सय २८, गणेश अधिकारी ३ हजार १ सय ४२, मिलन नाम्बु (महर्जन) ३ हजार ५१, अनिल शर्मा पौडेल २ हजार ९ सय ६५, अरूण खड्का २ हजार ६ सय ८३,बालकृष्ण सापकोटा २ हजार ६ सय ३१, भूमिराज दवाडी, २ हजार ६ सय पाँच, चर्चिल कार्की २ हजार ५ सय ९६, मंगलबहादुर सुनार, २ हजार ५ सय ६०, शोभाकार कॅंडेल २ हजार ५ सय २३ र कृष्णबहादुर पाण्डेले २ हजार ५ सय सात मत पाएका छन् ।
लेखा, अनुगमन तथा अनुशासन सदस्यमा कृष्णप्रसाद कॅंडेल र अशोक निरौला निर्वाचित भए । अन्तर्राष्ट्रिय समन्वय परिषदमा सदस्यमा राजकुमार अधिकारी,शिवहरि पौडेल, टीकाराम कॅंडेल,कृष्ण केसी,रामबहादुर खत्री(अर्जुन)यदुराम सापकोटा,सुमन कार्की,रामबहादुर थापा निरविरोध निर्वाचित भए ।
निर्वाचन समितिका अनुसार एनआरएनए जापानमा १८ हजार ३ सय १४ जना मतदाता रहेकोमा १२ हजार ३ सय ४५ अर्थात् ७९ प्रतिशत मत खसेको थियो ।