काठमाडौं । एनआरएनए युके अध्यक्षमा राजेन्द्र पुडासैनी निर्वाचित भएका छन् । अध्यक्षका दुई प्रतिस्पर्धी गोविन्द खरेल र मनिष खत्रीलाई पराजित गर्दै पुडासैनीले संस्थाको नेतृत्व सम्हाल्ने जिम्मा पाएका हुन् ।
खुला उपाध्यक्षमा उज्ज्वल कार्की र डा रक्षा थापा विजयी भएका हुन् । उपाध्यक्षमा रामप्रसाद कँडेल ,कृष्ण भण्डारी , लिलाराम न्युरे र महिला
उपाध्यक्षमा कमला श्रेष्ठ विजयी भएका हुन् ।महासचिवमा दिवाकर पाण्डे विजयी भएका हुन् ।
खुला सचिवमा डिएन खराल, कृष्ण देवकोटा महिला सचिवमा छमकला न्यौपाने निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न एनआरएनए युके निर्वाचनमा ३ हजार १२ मत खसेको थियो । खसेको यो मत जम्मा ३ हजार ५ सय १ मतदाताको ८६ दशमलव ०३ प्रतिशत हो ।
अढाई दशकदेखि बेलायतमा बस्दै आएका पुडासैनी नुवाकोटको साबिक जिलिङ गाउँपालिका २, हाल बेलकोटगडी नगरपालिका ८ का स्थायी बासिन्दा हुन् ।
अन्यमा को-को विजयी भए ?
