काठमाडौं । सरकारले अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको छ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव पोखरेललाई अध्यक्षको जिम्मेवारी तोकेको हो।
उनलाई अर्को व्यवस्था नभएसम्म अध्यक्षको जिम्मेवारी सम्हाल्ने गरी तोकिएको हो ।प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बनमा परेपछि पोखरेलले सो जिम्मेवारी पाएका हुन्। यसैबिच पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको सपथ लिएका छन् । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष आज पोखरेलले सपथ लिएका हुन् ।