काठमाडौँ ।बैतडी जिल्लाको अरिगाउँ आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, सुर्खेतका अनुसार शनिबार दिउँसो १ बजेर ६ मिनेटमा ४।२ म्याग्निच्युडको भूकम्प गएको हो।भूकम्पको धक्का आसपासका क्षेत्रमा समेत महसुस भएको हुन सक्ने भए पनि त्यसबारे विस्तृत विवरण प्राप्त भएको छैन।भूकम्पका कारण कुनै मानवीय क्षति वा भौतिक संरचनामा असर परेको छ वा छैन भन्नेबारे पनि हालसम्म आधिकारिक जानकारी सार्वजनिक भएको छैन। घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको छ।