काठमाडौँ ।पीएमजीओ दोस्रो सिजनको फाइनलमा होरा ई–स्पोर्ट्सले उत्कृष्ट प्रदर्शन गर्दै अग्रता बनाएको छ।
हिजो सम्पन्न खेलपछि टोलीले कुल ५७ अङ्क जोड्दै शीर्ष स्थानमा आफूलाई स्थापित गरेको हो।प्रतियोगिताको अन्तिम खेल आज हुँदैछ। हालसम्मको प्रदर्शनलाई निरन्तरता दिँदै उपाधि आफ्नो पक्षमा पार्ने लक्ष्यसहित होरा ई–स्पोर्ट्स मैदानमा उत्रनेछ। अन्तिम खेलको नतिजाले प्रतियोगिताको उपाधि विजेता निर्धारण गर्ने भएकाले समर्थकहरूको ध्यान आजको प्रतिस्पर्धामा केन्द्रित भएको छ।आजको निर्णायक खेल टोलीले उत्कृष्ट प्रदर्शन गर्दै सफलता हासिल गरोस् भन्ने समर्थकहरूको अपेक्षा छ।