काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै सरकारले छानबिन समिति गठन गरेको छ।
आज बसेको मन्त्रीपरिषद बैठकले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको कार्य मुल्याकंनबारे छानबिन गर्न समिति गठन गरेको हो ।
पूर्वन्यायाधिस कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय समिति बनेको हो । समिति गठन भएसँगै ओझा प्राधिकरणको अध्यक्षबाट निलम्बनमा परेका छन् ।