डोटी । जिल्लाको सायल गाउँपालिका वडा नम्बर ३ तोलेनीमा विद्युतको केन्द्रीय लाइन जडान गरिएको छ । लामो समयदेखि अन्धकारमा बस्दै आएका तोलेनी वासीले अब उज्यालो देख्न पाएका हुन् । आइतबार वडा नम्बर ३ का जनतालाई उज्यालो दिने उद्देश्यले विद्युत केन्द्रीय लाइनको गाउँपालिका अध्यक्ष धर्मराज जोशीले उद्घाटन गरिएका हुन्।
विद्युतको उद्घाटन भएसँगै स्थानीयवासी हर्षित भएका छन्। पहिले जलविद्युतबाट बिजुली बाले पनि धेरै समय समयदेखि अन्धकारमै जीवन गुजारिरहेका यस वडाका बासिन्दाले अब आफ्ना घर आँगनमा बत्ती बाल्न पाउने भए पछि स्थानीहरू खुसी भएका छन् ।
विद्युतको उद्घाटन गर्दै सायल गाउँपालिकाका अध्यक्ष जोशीले अब वडा नम्बर ३ का गर्खा सायल, बनगाउँ, पानीखालका स्थानीय केन्द्रीय विद्युत प्रसारणको लाइनसँग जोडिएको बताए । उनले २०७७/०७८ मा जडान गरी सक्नु पर्ने बत्ती विभिन्न कारणले रोकिएकोले आफ्नो पालिकाको अथक मेहनतले जडान गर्न सफल भएको बताए । अब स्थानीय, व्यापारी, व्यवसायीलाई सहज भएको र बिद्यार्थीलाइ अँध्यारोमा पढ्न लेख्न बाट वञ्चित हुनुपर्ने स्थितिको अन्त्य भएको उनको भनाइ रहेको थियो ।
त्यसै गरी वडा नम्बर ३ वडा अध्यक्ष एवं पालिकाका प्रवक्ता नवराज उपाध्यक्षले लामो समय देखीको सहजै बत्ती बाल्ने स्थानीयको अभिलाषा पुरा भएको बताउँदै उनले वर्षौँको सङ्घर्षपछि वडाभित्र बत्ती बल्नु वडाको लागि ऐतिहासिक दिन भएको समेत बताए ।उक्त विद्युतबाट वडा नम्बर ३ का ६ सय ११ भन्दा बढी घरपरिवार लाभान्वित हुने वडा अध्यक्ष उपाध्यायले जानकारी दिए ।