धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।
शुक्रबार छैठौ अधिवेशनको चौथो प्रदेशसभा बैठकमा प्रदेश प्रमुख नजिर मियाँले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
प्रदेशको विकासका लागि उच्च प्राथमिकता दिइने नीति तथा कार्यक्रममा जनाइएको छ। विशेषगरी रोजगार सिर्जना, गरिबी निवारण, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य र कृषि प्रवर्धनमा जोड दिइएको छ। सरकारले आर्थिक रूपले विपन्न वर्गलाई लक्षित गरी सहुलियत ब्याजमा ऋण सुविधा, श्रमिकहरूका लागि सामाजिक सुरक्षाको कार्यक्रम र स्वरोजगार प्रवद्र्धन गर्ने योजनाहरू अघि सारेको छ।