अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ (एनआरएनए)अष्ट्रेलियाले आगामी जुलाई २६ मा निर्वाचन गर्ने घोषणा गरेको छ । पत्रकार सम्मेलन गर्दै एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले यस्तो जानकारी दिएका हुन् । अर्को २ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न निर्वाचन हुन लागेको हो ।
जसमा डिल्ली ढकाललाई राष्ट्रिय निर्वाचन संयोजक तोकिएको छ । उपसंयोजक राजु उपाध्याय तोकिएका छन् । न्यूसाउथवेल्समा राजु मानन्धर, भिक्टोरियामा हेम दुलाल, क्वीन्सल्याण्डबाट सुरेश खत्री, साउथ अष्ट्रलियाबाट अंकुर उपाध्याय, वेष्टर्न अष्ट्रेलियाबाट रविन वर्तौला, तास्मानियामा कन्चन अर्याल र एसिटीबाट कृष्ण सुवेदी र नर्दन टेरेटोरीबाट दिनेश सापकोटा निर्वाचन राज्य संयोजक तोकिएका छन् । अन्य सदस्यहरु निर्वाचन आयोग र एनआरएनले थप गर्ने बताइएको छ ।
एकजना अध्यक्ष, एकजना उपाध्यक्ष, एकजना महासचिव र एकजना कोषाध्यक्षको लागि निर्वाचन गरिनेछ । एनआरएन अष्ट्रेलियाले यसअघि रहँदै आएको सदस्यता शुल्क २५ डलरबाट बढाएर ३० डलर बनाएको छ । यस्तै आजीवन सदस्यता शुल्क २ सय ५० डलर तोकिएको छ ।