काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले चेन्नइमाथि २ रनको रोमाञ्चक जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
प्रतियोगिताको ५२ औं खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय १३ रन बनाएकव थियो। उसका लागि विराट कोहलीले ३३ बलमा ६२ रनको अर्धशतकीय इनिङ खेल्दा ज्याक बेथहेलले ३३ बलमा ५३ रन बनाए।
आरसीबीका लागि रोमारियो सेफर्डको इनिङ भने टर्निङ प्वाइन्ट बन्यो। सेफर्डले १४ बलमै ४ चौका र ६ छक्का प्रहार गर्दै ५३ रनको इनिङ खेल्दा उसले प्रतिस्पर्धात्मक स्कोर बनाएको थियो। चेन्नइका लागि मथिसा पथिरनाले ३ विकेट हात पारेका थिए।
२ सय १४ रनको लक्ष्य पछ्याएको चेन्नइले पनि उत्कृष्ट प्रदर्शन गर्यो। उसले अन्तिम बल सम्म संघर्ष गरेको थियो। तर डेथ ओभरमा भुवनेश्वर कुमार तथा यश दयालले सानदार बलिङ गर्दा जितबाट चेन्नइ ३ रनले पछि रह्यो। आरसीबीका लागि लुंगी एनगीडीले सर्वाधिक ३ विकेट लिएका थिए। त्यसअघि युवा ओपनर आयुष महित्रीले ९४ रन बनाउँदा रविन्द्र जडेजाले ७७ रन बनाएका थिए।
जितपछि आरसीबीको ‘प्लेअफ’ सम्भावना बलियो बनेको छ। उसले ११ खेलबाट ८ जित सहित १६ अङ्क बनाउँदा दोस्रो स्थानमा रहेको मुम्बइ इन्डियन्स र तेस्रो स्थानको गुजरात टाइटन्सले समान १४ अङ्क रहेको छ। त्यस्तै पञ्जाबले १३ रन बनाउँदा दिल्लीले १२ रन बनाएका थिए।
प्रतियोगितामा आज दुई खेल हुँदै छन्। दिनको पहिलो खेलमा कोलकाता र राजस्थान तथा दिनको दोस्रो खेलमा पञ्जाब र लखनउ भिड्ने छन्।