काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरुलाई फेरि वार्तामा बोलाएको छ ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै आन्दोलनरत शिक्षकहरुलाई शनिबार बिहान साढे ७ बजे वार्तामा बोलाएको हो ।
शुक्रबार शिक्षा मन्त्री रघुजी पन्तले पनि शिक्षकहरूलाई वार्तामा आउन आह्वान गरेका थिए । शिक्षक महासंघका पदाधिकारीहरु मन्त्रालय प्रवेश नगरी फर्किएका थिए ।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले विशेष कारणवश आज आफूहरू मन्त्रालय प्रवेश नगरी फर्किएको जानकारी दिए ।
