काठमाडौं ।नेकपा संयुक्त ले नेता डा. विजयकुमार पौडेलको निधनप्रति शोक व्यक्त गर्दै पार्टीको झण्डा तीन दिनसम्म आधा झुकाउने निर्णय गरेको छ।
मंगलबार बसेको पार्टीको आकस्मिक केन्द्रीय कमिटी बैठकले पौडेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको हो। कार्यवाहक अध्यक्ष घनश्याम भुसालले जारी गरेको शोक वक्तव्यअनुसार मंगलबारदेखि तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाइनेछ।पार्टीको सङ्गठन विभाग प्रमुखको जिम्मेवारीमा रहेका पौडेलको असोज २६ गते दिउँसो निधन भएको थियो।२०२१ साल चैत १ गते अर्घाखाँचीको खिदिममा जन्मिएका डा। पौडेल कम्युनिस्ट आन्दोलनका अगुवा मोदनाथ प्रश्रित र सामाजिक तथा महिला जागरणमा सक्रिय कविता पौडेलका छोरा थिए।
किशोरावस्थामै विद्यार्थी आन्दोलनमार्फत राजनीतिमा प्रवेश गरेका पौडेल जीवनको अन्तिम समयसम्म राजनीतिक गतिविधिमा सक्रिय रहेको पार्टीले जनाएको छ। उनको निधनले पार्टी तथा राजनीतिक क्षेत्रमा शोक छाएको छ।