काठमाडौं । देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव अझै कायम रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने सम्भावना छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। महाशाखाका अनुसार आज दिउँसो हिमाली क्षेत्रका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ।
हाल देशका हिमाली भूभागमा आंशिक बादल लागेको भए पनि पहाडी र तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। त्यसैगरी, आज राति हिमाली भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। पहाडी तथा तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। रातिको समयमा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ। मौसममा देखिएको परिवर्तनलाई ध्यानमा राख्दै सम्भावित वर्षा र हिमपात हुने क्षेत्रमा यात्रा गर्नेहरूले आवश्यक सतर्कता अपनाउनु उपयुक्त हुनेछ।