काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फबाट १५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्।
मतपरिणामअनुसार वासना थापाले सबैभन्दा बढी मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेकी छन्।निर्वाचन समितिका अनुसार थापाले ५ हजार १९३ मत प्राप्त गरेकी हुन्। उर्मिला थपलिया ३ हजार ९७० मतसहित दोस्रो र निमा गिरी ३ हजार ९०६ मत प्राप्त गर्दै तेस्रो स्थानमा निर्वाचित भएकी छन्।त्यसैगरी, कुसुमदेवी थापाले ३ हजार २५० र धनाकुमारी खतिवडाले ३ हजार २३१ मत प्राप्त गर्दै क्रमशः चौथो र पाँचौँ स्थान हासिल गरेका छन्।
महिला खुलातर्फ केन्द्रीय सदस्यमा निर्वाचित हुने अन्य उम्मेदवारमा विनिता खड्का, अनिता देवकोटा, रीता सेन ओली, सृजना अधिकारी, मुना भुसाल, गीता सत्याल, कल्पना तिवारी, रीता थापा मगर, गंगा दाहाल र उमा दाहाल रहेका छन्।मतपरिणामअनुसार विनिता खड्काले २ हजार ८६६, अनिता देवकोटाले २ हजार ८५३, रीता सेन ओलीले २ हजार ७००, सृजना अधिकारीले २ हजार ६५८ र मुना भुसालले २ हजार ५१४ मत प्राप्त गरेकी छन्।
त्यस्तै, गीता सत्यालले २ हजार ४२०, कल्पना तिवारीले २ हजार ३६३, रीता थापा मगरले २ हजार ३०८, गंगा दाहालले २ हजार २९८ र उमा दाहालले २ हजार २१५ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा स्थान सुरक्षित गरेका छन्।महिला खुलातर्फका १५ पदका लागि ३६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। महाधिवेशनबाट नयाँ केन्द्रीय नेतृत्व चयन गर्ने प्रक्रियाअन्तर्गत कांग्रेसले विभिन्न समूहका केन्द्रीय सदस्यको मतगणना गरेको हो।