दक्षिण अफ्रिकाका विस्फोटक ब्याटर हेनरिख क्लासेनले एनपीएल सिजन–३ मा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्।
आईपीएलमा सनराइजर्स हैदराबादबाट २३ करोड भारतीय रुपैयाँमा खेलिरहेका क्लासेन अब नेपाली क्रिकेटको मैदानमा देखिने भएका हुन्।
टी–२० क्रिकेटमा आक्रामक ब्याटिङका लागि चिनिएका क्लासेनको आगमनसँगै नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा अर्को ठूलो अन्तर्राष्ट्रिय नाम थपिएको छ।
विश्व क्रिकेटको ठूलो नाम अब नेपालमा—हेनरिख क्लासेन, नेपालको स्वागत छ!