काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच अहिले प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भइरहेको छ।
भेटवार्तामा राष्ट्रपति निर्वाचनबारे छलफल भइरहेको छ।
पुरानो गठबन्धन ब्युँताउने तयारी भइरहेको बेला प्रचण्ड र ओलीको निर्णायक वार्ता भइरहेको छ।
सम्बन्धित समाचारः पुरानो गठबन्धन ब्युँताउन निर्णायक बैठक आजै साँझ ५ बजे