काठमाडौं। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ।
प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को अध्यक्षतामा पार्टी कार्यालय पेरिसडाँडामा सोमबार अपरान्ह पदाधिकारी बैठक सुरु भएको हो। बैठक जारी छ।
बैठकमा राष्ट्रपति निर्वाचनबारे छलफल भइरहेको छ।
बैठकअघि प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए।
आइतबार प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग पनि राष्ट्रपति निर्वाचनबारे छलफल गरेका थिए।
प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपति चुनावमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन्।
फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदैछ।