काठमाडौं। कांग्रेस सांसद डा. चन्द्र भण्डारीको पहिलो अप्रेसन सफल भएको छ।
मुम्बईको नेशनल बर्नस् सेन्टरमा भण्डारीको शुक्रबार दिउँसो दुईवटा खुट्टाको अप्रेसन सफल भएको हो।
हातको दोस्रो अप्रेशनबारे छलफल भइरहेको छ। उनको अवस्था स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन्।
बुधबार राति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिण्डर बिस्फोट हुँदा भण्डारी र उनकी आमा हरिकला घाइते भएका थिए। सांसद भण्डारीको ३० प्रतिशत र उनकी आमाको ७० प्रतिशत शरीरको भाग जलेको थियो।
भण्डारीकी आमा हरिकलाको बिहीबार कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।
सांसद भण्डारीको शरीरको कम भाग जले पनि बन्द कोठाभित्रको धुँवा फोक्सोसम्म पुगेको थियो।
त्यसपछि उनको यहाँ उपचार सम्भव नभएपछि बिहीबार मुम्बई लगिएको थियो।