धनगढी । एमाले नेतृत्वको प्रदेश सरकार ढलेसँगै सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् ।
प्रदेश प्रमुख देवराज जोशीले विधानको धारा १६८ को (३) अनुसार शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
संविधानको धारा १६८ को (२) अनुसार मुख्यमन्त्री बनेका रावलले ३० दिन भित्र विश्वासको मत लिन नसकेपछि धारा (३) अनुसार ठुलो दलको संसदीय दलको नेता मुख्यमन्त्री बन्ने संवैधानिक व्यवस्था रहेको छ। यही व्यवस्था अनुसार कांग्रेसका शाह मुख्यमन्त्री बोका हुन् ।
यो पनि पढ्नुस् :-
मुख्यमन्त्री बन्दै शाह
ढल्यो एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार, कांग्रेसका शाह मुख्यमन्त्री बन्दै
रावलले बुझाए प्रदेश प्रमुख जोशीलाई राजीनामा