धनगढी। एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार ढलेको छ।
मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार ढलेको हो।
बिहीबार अपराह्न बसेको प्रदेश सभा बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री रावलले विश्वासको मतका लागि प्रस्ताव गरेका थिए। तर, उनले आफूलाई प्रदेशसभाको विश्वास छ भनेर राखेको प्रस्ताव नै प्रदेशसभाले बहुमतले अस्वीकृत गरेको हो।
टीकापुर घटनाका कैदीबन्दीहरुलाई रिहाइ गरेपछि मात्रै मुख्यमन्त्रीलाई विश्वासको मत दिने नागरिक उन्मुक्ति पार्टीको निर्णयपछि सरकार ढलेको हो।
टीकापुर घटनाका कैदीबन्दीहरुलाई रिहाइ गरेपछि मात्रै मुख्यमन्त्रीलाई विश्वासको मत दिने नागरिक उन्मुक्ति पाटीले निर्णय गरेको थियो। उक्त पार्टीका ७ सांसद काठमाडौंमा छन्। आजको प्रदेश सभा बैठकमा सहभागी भएनन्।
संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पुस २७ गते रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री रावलले बिहीबार विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यता थियो।
मुख्यमन्त्री बन्दै शाह
संविधानको धारा १६८ को (२) अनुसार मुख्यमन्त्री बनेका रावलले ३० दिन भित्र विश्वासको मत लिन नसकेपछि धारा (३) अनुसार ठुलो दलको संसदीय दलको नेता मुख्यमन्त्री बन्ने संवैधानिक व्यवस्था रहेको छ।
यही व्यवस्था अनुसार कांग्रेसका शाह भावी मुख्यमन्त्री बन्नेछन्।
