धनगढी । सुदूरपश्चिमको मुख्यमन्त्रीबाट पदमुक्त भएसँगै राजेन्द्रसिह रावलले प्रदेश प्रमुख देवराज जोशीलाई राजीनामा बुझाएका छन्।
रावलले मुख्यमन्त्रीको लागि विश्वासको मत नपाएपछि एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार ढलेको हो। बिहीबार अपराह्न बसेको प्रदेश सभा बैठकमा सम्बोधन गर्दै रावलले विश्वासको मतका लागि प्रस्ताव गरेका थिए।तर, विश्वासको मतको प्रस्ताव अस्वीकृत भएको थियो।
टीकापुर घटनाका कैदीबन्दीहरुलाई रिहाइ गरेपछि मात्रै मुख्यमन्त्रीलाई विश्वासको मत दिने नागरिक उन्मुक्ति पार्टीको निर्णयपछि सरकार ढलेको हो। टीकापुर घटनाका कैदीबन्दीहरुलाई रिहाइ गरेपछि मात्रै मुख्यमन्त्रीलाई विश्वासको मत दिने नागरिक उन्मुक्ति पाटीले निर्णय गरेको थियो। उक्त पार्टीका ७ सांसद काठमाडौंमा छन्। आजको प्रदेश सभा बैठकमा सहभागी भएनन्।
संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पुस २७ गते रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए। रावलले बिहीबार विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यता थियो। संविधानको धारा १६८ को (२) अनुसार मुख्यमन्त्री बनेका रावलले ३० दिन भित्र विश्वासको मत लिन नसकेपछि धारा (३) अनुसार ठुलो दलको संसदीय दलको नेता मुख्यमन्त्री बन्ने संवैधानिक व्यवस्था रहेको छ। यही व्यवस्था अनुसार कांग्रेसका शाह भावी मुख्यमन्त्री बन्नेछन्।
यो पनि पढ्नुस् :-
मुख्यमन्त्री बन्दै शाह
ढल्यो एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार, कांग्रेसका शाह मुख्यमन्त्री बन्दै