काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
उनीहरुबीच अहिले सिंहदरबारमा भेटवार्ता भइरहेको छ। भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ।
आज ३ बजे ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भनिएको थियो। तर उक्त बैठक अझैं बसेको छैन।