काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अजै बस्ने भएको छ ।
सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संयन्त्रको बैठक आज दिउँसो ३ बजे बालुवाटारमा बस्ने तय भएको छ । यसअघि आज बैठक बस्ने भनिए पनि समय तय भएको थिएन ।
बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच भएको भेटवार्तापछि आज संयन्त्रको बैठक बोलाइएको थियो ।
बैठकमा सरकारको पूर्णता, राष्ट्रपतिको निर्वाचन, सरकारका कामकारबाही, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत लिन भइरहेको सकसलगायतका विषयमा छलफल हुने बताइएको छ।