काठमाडौँ । राष्ट्रिय युवा सङ्घ नेपालको अध्यक्षमा किरण पौडेल चयन भएका छन् । सङ्घको आइतबार सम्पन्न दोस्रो पूर्ण बैठकबाट पौडेलको नेतृत्वमा नयाँ कार्य समिति चयन गरिएको हो।
जसको उपाध्यक्षमा सञ्जीव झा,क्रान्ति बुर्लाकोटी,अमित लामा, सन्तोष रावल,अञ्जना अधिकारी,उर्मिला सुनुवार,सुमन पुरी,पुष्प श्रेष्ठ,कृष्ण हरि केसी,रामजी सापकोटा र महासचिवमा क्षितिज थेबे चयन भएका हुन् ।
