काठमाडौं। सरकारले सशस्त्र द्वन्द्वका क्रममा सरकार र विद्रोही पक्षबाट अन्याय भोगका पीडितका पीडकलाई उन्मुक्ति दिनेगरी विधेयक ल्याएको भन्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको छ।
नेपाल माओवादी पीडित संघ, द्वन्द पीडित समुदाय र नागरिक समाजको आयोजनामा भएको उक्त कार्यक्रम सरकारले संक्रमणकालीन न्याय कानूनलाई संशोधन गर्न बनेको त्रुटिपूर्ण भएको भन्दै आइतबार प्रदर्शन भएको हो।
प्रदर्शनकारीहरूले विधेयकका त्रुटिपूर्ण प्रावधानलाई हटाउनुपर्ने माग राखेका छन् भने दण्डहिनतालाई प्रश्रय दिने विधेयक कुनै पनि हालतमा आफूहरूलाई स्वीकार्य नहुने चेतावनी दिएका छन्।
सरकारले गत असार ३१ गते प्रतिनिधि सभामा संक्रमणकालीन न्याय कानूलाई संशोधन गर्न ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य तथा मेलमिलाप आयोग ऐन, २०७१’ पेश गरेको थियो।