काठमाडौं। ट्राफिक नियम उल्लङ्घन गर्ने स्कुल बसका चालकलाई कारबाहीमा परेका छन्।
आइतबार बिहान काठमाडौं उपत्यकाको विभिन्न स्थानमा चेकजाँच गर्दा १६ वटा स्कुल बसका चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको हो।
जसअन्र्तगत विभिन्न स्कुलका पाँच वटा चालकहरुले मादक पदार्थ सेवन (मापसे) गरेर स्कुल बस चलाएको पाइएको छ।
साउन ८ गतेदेखि ट्राफिक प्रहरीले स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई कारबाही तथा सचेत गराउने अभियान चलाइरहेको छ।