डडेल्धुरा । डडेल्धुरा अस्पतालमा सुत्केरीको मृत्यु भएको छ । बझाङको थलारा गाउँपालिका १ सिम्टोलाकी २० वर्षीय सृजना सुनारको मृत्यु भएको हो ।
अस्पतालका डाक्टर सुरेन्द्र भट्टका अनुसार सुनारले मृत शिशु जन्म दिएको र उनको उपचारका क्रममा मृत्यु भएको हो ।
सुनारलाई बेहोस अवस्थामै डडेल्धुरा अस्पताल पुगाइएको थियो । उनलाई गर्भाअवस्थामा छारे रोगको समस्याले देखिएको पनि बताइएको छ ।