काठमाडौं। नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनमा सर्वसम्मतिले पदाधिकारी तथा सदस्य चयन भएका छन्।
संगठनको तेस्रो राष्ट्रिय महाधिवेशनले अध्यक्ष पूर्णबहादुर कुँवरसहित पदाधिकारी तथा सदस्य सर्वसम्मतिले चयन गरेको हो।
अध्यक्षमा कुँवरसँगै वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद सापकोटा, महासचिवमा यामबहादुर खड्का, कोषाध्यक्षमा लिला लामासहित सम्पूर्ण पदाधिकारी र सदस्यहरु सर्वसम्मतिले चयन भएका छन्।