काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओबीच भेटवार्ता भएको छ।
मंगलबार ओली निवास बालकोटमा ओली र जियानचाओबीच भेटवार्ता भएको हो। भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको ओलीको सचिवालयले जनाएको छ।
भेटवार्तामा एमाले नेताहरू राजन भट्टराई , बिष्णु रिमाल, प्रदिप ज्ञवाली, उषा किरण भण्डारी, अन्जन शाक्य, कृशा केसीलगायत सहभागी थिए।
नेपालको चारदिने भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख जियानचाओले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायतसँग भेट गरिसकेका छन्।
उनले मंगलबार ओलीपछि राष्ट्रपति विद्यादेवी भण्डारी, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालसँग भेट गर्ने कार्यक्रम छ।
आइतबार बिहान काठमाडौं पुगेका जियानचाओ बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।