काठमाडौं। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुले शून्य समय र विशेष समयमा सांसदहरुले उठाएको विषयमा उचित जवाफ दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
शून्य र विशेष समयमा उठाएका सवालमा सरकारले चासो नदिएको भन्दै पटक–पटक सांसदहरुले आपत्ति जनाएका थिए।
सोमबारको बैठकमा पनि शून्य समयमा सांसदहरुले मुलुकको समसामयिक विषयमा राजनीतिक विषयका अलावा, पाठ्यपुस्तक र रासायनिक मल, विपद्का विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।
सम्बन्धित समाचारः
सिलवालको चेतावनीः श्रीलंकाजस्तै शासकहरु सिंहदरबार र बालुवाटारबाट भाग्ने अवस्था नआओस्
सभामुखले सम्बन्धित मन्त्रीलाई सांसदले उठाएको जिज्ञासाको उचित जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन्।