काठमाडौं। काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ। 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले कागेश्वरी मनहरा नगरपालिका–६ का ४ र ६ वर्षका बालकमा हैजा पुष्टि भएको जानकारी दिए। 
योसँगै उपत्यकामा हैजाका बिरामी १९ पुगेका छन्। 
हैजा तथा झाडापखाला रोगबाट बच्नका लागि उमालेको वा क्लोरिन झोल हालेर शुद्धिकरण गरिएको पानी मात्र पिउन आग्रह गरिएको छ। खाना बनाउनु अघि र पछि,  दिसापिसाब गरेपछि र  फोहोर चलाएपछि राम्रोसँग साबुनपानीले हात धुनुपर्दछ।
यस्तै, खानेपानी सधैँ सफा भाँडोले छोप्न, खानेकुरा राम्ररी पकाएर खान, सडेगलेको, बासी र झिँगा भन्केको खानेकुरा नखान समेत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ। झापापखाला लागे झोलिलो खानेकुरा खान पनि आग्रह गरिएको छ।