कर्णाली । कर्णाली प्रदेश सरकारले ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ।
आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान बिष्टले प्रदेश संसद्मा बुधबार बजेट प्रस्तुुत गरेका हुन्।
कुल खर्चमध्ये प्रदेशले गर्ने चालुुतर्फको बजेट नौ अर्ब १६ करोड ९९ लाख १० हजार अर्थात् २८ दशमलव ११ प्रतिशत छ भने पुँजीगततर्फ १९ अर्ब ४३ करोड पाँच लाख २४ हजार अर्थात् ५९ दशमलव ५८ प्रतिशत छ।