काठमाडौँ । असार १ गतेदेखि बिदा र कार्यालय समय पुरानै कायम हुने भएको छ ।
गृह मन्त्रालयले सोमबार सूचना जारी गर्दै यही जेठ २३ गते बसेको मन्त्रिपरिषदको निर्णय अनुसार असार १ गतेदेखि बिदा र कार्यालय समय पुरानै कायम रहने जनाएको हो ।
मन्त्रालयका अनुसार जेठ १ गतेदेखि लागू भएको हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज भएको हो ।
