काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलमा आन्तरिक यात्रुका लागि नयाँ आगमन टर्मिनल भवन निर्माण गर्ने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आइतबार नयाँ टर्मिनल भवनको शिलान्यास गरेका छन्।
आन्तरिक ट्याक्सी पार्किङ स्थलमा नयाँ आगमन टर्मिनल भवन बनाइने छ भने हालको टर्मिनल भवनलाई प्रस्थान भवनमा मात्र विकास गरिने भएको छ।
सो नयाँ टर्मिनल हल ४१ मिटर लामो र २४ मिटर चौडाइको हुनेछ र करिब ३५ मिटर लामो ब्यागेज कन्भेयर (दुईतर्फी ब्याग लिन मिल्ने) बेल्ट हुनेछ।