धनगढी । सरकारलाई सदनबाट खबरदारी गर्ने दायित्व प्रतिपक्षको रहेको पनि बुधबार बसेको सुदूरपश्चिम प्रदेश सभाको बैठकमा प्रतिपक्षी दलको उपस्थिति देखिएन ।
प्रदेश सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल भइरहँदा प्रतिपक्षको कुर्सी भने खाली रहेको थियो । सत्ता पक्षका धेरै प्रदेश सभा सदस्यहरुको उपस्थिति देखिएको बेला प्रतिपक्षको बेन्चमा भने जनता समाजवादी दलबाट प्रतिनिधित्व गर्ने मालामति राना थारुमात्रै एक्लै बसेकी थिइन् ।
सुदूरपश्चिममा नेकपा (एमाले) का १०, राजपा र लोकतान्त्रिक समाजवादी पार्टीका एक÷एक गरी १२ जना प्रदेश सभा सदस्य प्रतिपक्षीको भूमिकामा छन् । तर, प्रदेश सभाको बैठकमा राना एक्लैको मात्रै उपस्थिति रहेको थियो ।
उनले सदन सत्तापक्ष र प्रतिपक्षको उपस्थितिमा चल्ने गरे पनि सुदूरपश्चिम प्रदेश सभामा प्रतिपक्षीको अनुपस्थिति हुनु आश्चर्यको विषय रहेको बताइन् ।