सत्ता गठबन्धनले कार्यपालिका र जिल्ला समन्वय समिति (जिसस)मा सहमति गर्न निर्देशन दिएको छ।
सोमबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको पाँच दलिय गठबन्धनको बैठकले कार्यपालिका र जिल्ला समन्वय समिति (जिसस)मा सहमति गर्न निर्देशन दिएको हो।
बैठकमा स्थानीय निर्वाचनको समिक्षा पनि गरिएको छ।
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय निर्वाचनको समिक्षा गर्नुको साथै स्थानीय कार्यपालिकाको निर्वाचन र जिल्ला समन्वय समितिको निर्वाचनमा गठबन्धन सम्बद्ध पार्टीहरुबिच सहमति कायम गरि अगाडी बढन गठबन्धन सम्बद्ध दलका प्रदेश र जिल्ला स्तरका समितिलाई निर्देशन गर्ने निर्णय गरियो।