काठमाडौं महानगर कार्यपालिकाको पहिलो बैठकले फोहोरमैला व्यवस्थापन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ।
बैठकले महानगर प्रमुख वालेन्द्र साहको संयोजकत्वमा सात सदस्यीय फोहोरमैला व्यवस्थापन कार्यदल गठन गरेको छ। कार्यदलको बैठक मङ्गलबार बस्ने छ।
कार्यदलका सदस्यहरुमा (एमाले) का तर्फबाट उपप्रमुख सनिता डंगोलसहित थप एकजना, नेपाली कांग्रेसका तर्फबाट दुई सदस्य, नेकपा (एकीकृत समाजवादी) का सदस्य एक र प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने गरी कार्यदल गठन गरिएको ।
सार्वजनिक शौचालयका लागि रेस्टुरेन्ट र पेट्रोल पम्पसँग सहकार्य गर्ने निर्णय गरिएको छ।
महानगरको गुनासो सम्बोधन गर्न सात दिनभित्र कल सेन्टर स्थापना गर्ने र सोहीमार्फत हप्ताको दुई पटक स्वास्थ्य सेवाका लागि एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरिएको छ।
त्यस्तै, खाल्डाखुल्डी पुर्न भौतिक पूर्वाधार एम्बुलेन्स ७ दिनभित्र सुरु गर्ने बैठकले निर्णय गरेको छ।